दफा ४३०
बिग्रेको, नासेको वा कमसल भएको दाबी गर्न नपाउने

कुनै व्यक्तिले कसैबाट कुनै सम्पत्ति खरिद गरी लिइसकेपछि त्यस्तो सम्पत्ति बिग्रेको, नासेको वा कमसल भएको दाबी गर्नपाउने छैन । तर झुक्यानमा पारी वा लिखतमा उल्लिखित व्यहोरा भन्दा फरक पारी कुनै सम्पत्ति दिएको रहेछ भने त्यसकोक्षतिपूर्ति दाबी गर्न पाउनेछ ।